रिँकु चौधरीका नाममा फेसबुकमार्फत लाखौं ठगी

रिँकु चौधरीका नाममा फेसबुकमार्फत लाखौं ठगी

सामाजिक सञ्जालमा रिँकु चौधरी नामको फेसबुक https://www.facebook.com/profile.php?id=100070869585813 प्रोफाइलले फेसबुक प्रयोगकर्ताहरुसङ्ग विभिन्न आर्थिक प्रलोभन देखाई इसेवामार्फत लाखौं रकम ठगिँदै आएको तथ्य फेला परेको छ ।

नक्कली आइडी बनाएर फेक म्यासेन्जरबाट डलर दिने,सामानहरु अनलाइनमार्फत उपलब्ध गराउने भन्दै स-सानादेखि मोटो रकमसम्म ठगी गरिएको प्रमाणहरु फेला परेका छन् ।

हिजो लाहानको एक ब्यक्तिलाई उक्त फेसबुक म्यासेन्जरबाट “क्रेडिट कार्डमा पैसा जम्मा गरिदिन्छु,तपाईं इसेवा नम्बर ९७४८७९६६८९ मा रकम पठाई दिनुस् । त्यो बराबरको रकम तपाईंको कार्डमा पठाइदिन्छु भनेपछि पीडितले Esewa मार्फत रु २०,००० पठाइ दिएका रहेछन् । रकम उता पठाउनासाथ पीडितको फोन र म्यासेन्जर ब्लक भएको छ ।

महिलाको नाममा फेसबुक पेज खोली पुरुषले लाखौं रकम ठगी गरिरहेको हुँदा यसमाथि आवश्यक अनुसन्धान हुन नेपाल प्रहरीको साइबर ब्यूरोलाई पीडितले ध्यानाकर्षण गराएका छन् ।

टिप्पणीहरू