फाइटर प्लेन उडाउने,एकार्कालाई तर्साउने
उत्तर कोरियाले केही दिनदेखि क्षेप्यास्त्र प्रहार गरिरहेको छिमेकी दक्षिण कोरिया,जापान र अमेरिकाले आरोप लगाएका छन् । उत्तरले पनि यस पटक उक्त आरोपलाई अस्वीकार गरेको छैन ।
उत्तर कोरियाली अधिकारीहरुले आफ्नो सार्वभौमसत्ता जोगाउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिँदै आएका छन् ।
अस्ति शनिवार पनि उत्तरले चार वटा छोरा दूरीका क्षेप्यास्त्र प्रहार गरेको उनीहरुको आरोप छ । शुक्रबार र बिहीबार उसले दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर दक्षिण र अमेरिकालाई उत्तेजित पारेको अर्को पक्षको दाबी छ ।
तर यता दक्षिण कोरियाको आकाशमाथि उत्तर कोरियालाई देखाउने भन्दै अमेरिकाले दक्षिणको सेनासँग मिलेर बी १ बी बम्बर्स लडाकू विमानको कलाकौशल प्रदर्शन गरेको छ । त्यसपछि उत्तर कोरिया झन् चिढिएको बताइन्छ । यसले कोरियाली प्रायद्विपमा पुनः अशान्तिको बादल मडारिएको विश्लेषण गर्न थालिएको छ ।
टिप्पणीहरू