लोसपाले गर्यो प्रकाशमान सिंहको समर्थन

लोसपाले गर्यो प्रकाशमान सिंहको समर्थन

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । सोही क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गर्ने बताउँदै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।

सो क्षेत्रको प्रदेश सभा (क) का लोसपा उम्मेदवार रणवीरसिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने बताएका छन् ।

‘काठमाडौँ १ (ख) का लोसपाका उम्मेदवार करण श्रेष्ठ यथावत रहने गरी दुवै पक्षको समझदारी भएकाले सोहीअनुसार मतदान गर्न सम्पूर्ण कार्यकर्ता, पार्टी सदस्य र आम जनतामा अनुरोध गर्दछौँ,’ लोसपा उम्मेदवारद्वय न्यायजु र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले आफ्नो निर्वाचन प्रचार नगरी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने वाचा गरेका छन् । नेपाली काँग्रेस र लोसपाबीच मधेश प्रदेशका विभिन्न ठाउँमा चुनावी तालमेल भएको छ ।

टिप्पणीहरू