जनमोर्चाको आफ्नै अध्यक्षलाई हराउने रणनीति, एमाले उम्मेदवार दङ्ग
बागलुङमा राष्ट्रिय जनमोर्चाको अर्को समूहले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई सघाउने निर्णय गरेको छ । एमाले र जनमोर्चाका असन्तुष्ट तथा बागी समूहको अस्ति बसेको संयुक्त बैठकले दुवै पक्षबीचको विगतको राजनैतिक सहकार्यलाई कायम राख्दै निर्वाचनमा एमालेका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनमा जनमोर्चाको बागी उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको दुवै पक्षले आज जारी विज्ञप्तिमा उल्लेख छ । विद्रोही समूहका प्रतिनिधि तिलक पुन र एमाले बागलुङका सचिव विष्णु भुसालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनसमुदायलाई सहमतिबमोजिम निर्वाचनमा परिचालित हुन आग्रह गर्दछौँ ।’
उनीहरुले निर्वाचनमा अत्यधिक बहुमतका साथ एमालेका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।
बागलुङ १ मा सत्ता गठबन्धनको समर्थनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार छन् । उनका मुख्य प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद सूर्य पाठक हुन् ।
टिप्पणीहरू