वैदेशिक रोजगार विभागमा किन राखियो प्रहरीको टुकडी ?
झण्डै दुई वर्ष ठप्प रहेको वैदेशिक रोजगारी पछिल्लो समय बिस्तारै खुल्न थालेको छ । तर, सबै म्यानपावर कम्पनी अनुगमनको जिम्मा पाएको विभागभित्रको अवस्था भने गञ्जागोलमा उम्कने दिशातर्फ उन्मुख रहेको देखिन्छ । सँधैको भीडभाड र गुनासोको चाङ घटिसकेको छैन ।
भीडभाड बढे पनि उत्पादकत्व खासै नभएको त्यहाँका कारिन्दादेखि हाकिमसम्मले स्वीकारेका छन् । ठगी गरेर विदेश भाग्न खोजेका श्याम पाण्डे बेपत्ता भएको घटनापछि अध्यागमनदेखि विभागसम्म विवादमा तानिएका छन् ।
विमानस्थलस्थित अध्यागमन कार्यालयका बदमास कर्मचारीको मिलेमतोमा पाण्डे विमान नजिकै पुगिसकेका थिए । अहिले उक्त काण्डमा संलग्न भएको आरोपमा गृहले त्यहाँबाट सम्बन्धित कर्मचारीलाई कारवाहीस्वरुप हटाइसकेको छ ।
‘पाण्डे भाग्न भ्याएन,घेरा हालेर समातियो,’ वैदेशिक रोजगार विभाग स्रोतले भन्यो । यस्तै कार्यको लागि विभागमा प्रहरी इन्स्पेक्टरको नेतृत्वमा ९ जनाको टुकडी राखिएको उनीहरुको दाबी छ । ‘र्यापिड रेस्पोन्सको लागि प्रहरी राखिएको हो । नियमित प्रक्रियाबाट प्रहरीसँग समन्वय गर्दा ठगहरु भाग्ने सम्भावना बढेकाले टुुकडीको व्यवस्था गरिएको छ,’ स्रोतले भन्यो ।
टिप्पणीहरू