प्रचण्ड कर्णालीका विकट जिल्ला जाँदै,पत्नी सीताको स्वास्थ्य अवस्था जटिल

प्रचण्ड कर्णालीका विकट जिल्ला जाँदै,पत्नी सीताको स्वास्थ्य अवस्था जटिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न आज कर्णाली प्रदेशका माथिल्ला तीन जिल्ला जाने हुनुभएको छ । उहाँले तीन जिल्लामा राखिएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने बताइएको छ ।

उहाँले आज जुम्ला,कालिकोट र हुम्लामा चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रचण्ड बिहान ९ बजे विमानबाट सुर्खेत पुग्ने र त्यहाँबाट हेलिकप्टरमा पहिले जुम्ला जाने कार्यक्रम छ । १० बजे जुम्लाको आमसभालाई सम्बोधन गरेपछि उहाँ हुम्लाको सर्केघाट जाँदै हुनुहुन्छ ।

सर्केघाटको चुनावी सभालाई सम्बोधन गरेपछि हुम्लाको सदरमुकाम सिमिकोट र दिउँसो कालिकोट जाने तालिका छ । आजै साँझ राजधानी फर्कने बताइएको छ ।

यता पत्नी सीता दाहालको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । गत साता १५ दिनको अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएकी उहाँलाई अस्ति पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । सीतालाई सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको अस्पताल स्रोतले बताएको छ ।

टिप्पणीहरू