५ लाख जना मतदानबाट वञ्चित

५ लाख जना मतदानबाट वञ्चित

आसन्न निर्वाचनमा भण्डै पाँच लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कारण पाँच लाख बढी नागरिक मतदानबाट वञ्चित भएका छन् । नागरिकताविहीन भएका कारण उनीहरुले मतदान गर्न नपाउने भएका हुन् ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । तीमध्ये महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना छन् ।

तात्कालीन समयमा तोकिएको दुई वर्षभित्र अर्थात् संविधानसभाको चुनावअघि त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेशअनुसार १ लाख ९० हजार ७ सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए । ती नागरिकका सन्तान भने अहिले नागरिकताविहीन भएका हुन् ।

नागरिकताबारे विशेष अध्ययन गर्दै आएका अधिवक्ता सविन श्रेष्ठले जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले अहिले नागरिकता नपाएको बताए । यस्तै, जन्मसिद्ध बाहेक अन्य कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकको संख्या पनि उल्लेखनीय रहेको उनको भनाइ छ ।

टिप्पणीहरू