कर्णालीमा जीप दुर्घटनाः ३ बिते, ७ सिकिस्त
कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कर्णाली राजमार्गको तिलागुफा नगरपालिका–५ र ६ वडा सिमानाको तल्लोपुल नजिकै आज जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ च ४४१२ नम्बरको जीप पल्टिएको हो । दुर्घटनामा जीपमा सवार मुगु छाँयानाथ रारा नगरपालिका–१४ बस्ने १८ वर्षीय रमेश बुढा र सुदर्शन सेजुवाल र २१ वर्षीय अकल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार जीपमा सवार सात जना घाइते भएका छन् । सिकिस्त घाइते भएका सातै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य चौकी, खल्लागाडमा उपचार भइरहेको छ ।
टिप्पणीहरू