विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

विशेष अदालतले गरेका फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले चालु आर्थिक वर्षमा विशेषबाट फैसला भएका एक सय २२ वटा भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।

अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले विशेष अदालतले फैसला गरेका एक सय २२ वटा मुद्दामा चित्त नबुझेका कारण सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दर्ता भएको जानकारी दिएका छन् । चालू आर्थिक वर्षमा विशेषले एक सय ६३ वटा भ्रष्टाचार मुद्दामा फैसला गरेको उल्लेख गर्दै प्रवक्ता भण्डारीले अख्तियारले २० वटा मुद्दामा मात्रै सफलता पाएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले फैसला भएका १८ वटा मुद्दामा अख्तियारसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको जिकिर गरेका छन् । साथै २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको समेत जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षका दुईवटा मुद्दामा पनि पुनरावेदन गरिएको उनको भनाइ छ । ती मुद्दाहरु विशेषगरी सामाजिक सुरक्षाभत्ताको हिनामिना र गैरकानूनी सम्पती आर्जनसँग सम्बन्धित हुन् ।

टिप्पणीहरू