बन्दुकसहित निकुञ्जभित्र छिरेका शिकारी सेनाको कब्जामा
नेपाली सेनाको टोलीले दुई जनालाई निकुञ्ज्भित्र शिकार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले आज दुई जनालाई शिकार गरिरहेको अवस्थामा पक्रेको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित भरैया इलाकाबाट उनीहरुलाई दुई थान बरुवा बन्दुकको नालसहित नियन्त्रणमा लिएको नेपाली सेनाले जानकारी दिएको छ ।
थप अनुसन्धानका निम्ति उनीहरुलाई निकुञ्ज प्रशासनमा बुझाइएको छ । पक्राउ परेकाको परिचय गोप्य राखिएको छ ।
टिप्पणीहरू