एमालेसँग तालमेलबिरुध्द जसपा जिल्ला अध्यक्षको राजीनामा

एमालेसँग तालमेलबिरुध्द जसपा जिल्ला अध्यक्षको राजीनामा

जनता समाजवादी पार्टी (जसपा) का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले राजीनामा दिएका छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग तालमेल गरेको कारण पार्टीबाट राजीनामा दिनुपरेको उनको आरोप छ । पार्टी परित्याग गरेपनि आफू मुलुक र मधेशको हितका लागि स्वतन्त्र रुपमा लागि पर्ने पटेलले बताएका छन् ।

मधेश आन्दोलनदेखि नै पटेल सो पार्टीसँग जोडिएका थिए । २०७४ को स्थानीय तह चुनावमा रौतहटको देवाहीगुनाही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू