एमाले बैतडीका नेताले एकीकृत समाजवादी रोजे

एमाले बैतडीका नेताले एकीकृत समाजवादी रोजे

नेकपा एमाले बैतडीका जिल्ला सल्लाहकार समिति संयोजक राजबहादुर भण्डारीले एमाले परित्याग गरेका छन् । एमाले छाडेका भण्डारी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा आयोजित अगुवा कार्यकर्ता भेलामा भण्डारी नेकपा एकीकृत समाजवादी पार्टीमा आज प्रवेश गरेका हुन् । समाजवादीमा प्रवेश गर्दै उनले एमालेभित्र योगदान, योग्यता र क्षमताभन्दा पनि गुटगत तवरले टिकट वितरण भएको आरोप लगाएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेतृ एवम् पूर्वमन्त्री माया भट्ट र जिल्ला अध्यक्ष महादेव भट्टले भण्डारीलाई पार्टी प्रवेश गराउन विशेष पहल गरेको बताइएको छ । पार्टी प्रवेश कार्यक्रम उपाध्यक्ष प्रमेश हमालको उपस्थितिमा भएको हो ।

टिप्पणीहरू