‘मतदानको निम्ति नामावलीमा नाम चाहियो’

‘मतदानको निम्ति नामावलीमा नाम चाहियो’

मतदाता परिचयपत्र हराएको–नासिएको मतदाताले आधिकारिक परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा परिचय खुल्ने आधिकारिक कागजात देखाएर जोसुकै मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाएको बताएको छ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनीको प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन् ।

अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ । ‘मतदानको लागि मतदाता नामावलीमा नाम हुनुपर्यो, अरु परिचय पत्र देखाएर पनि भोट हाल्न सकिन्छ,’ आयोगका एक जना अधिकारीले भने ।

टिप्पणीहरू