अमेरिकी राजदूत दम्पती पाटनको कलात्मक द्वारमा
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । राजदूत डिन आर थम्पसन पत्नी जेनसहित दरबार क्षेत्रको अवलोकनको निम्ति आज त्यहाँ जानुभएको हो ।
अमेरिकी दूतावासका अनुसार दरबार क्षेत्रको भ्रमणपछि राजदूतले नेपाली कला र संस्कृतिको संरक्षणप्रति खुशी व्यक्त गर्नुभएको छ । अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषले पाटनलगायत नेपालका विभिन्न २६ वटा सम्पदा क्षेत्रको जिर्णोद्धार र संरक्षणको कार्य सम्पन्न गरेको पनि बताइएको छ ।
हालसम्म उक्त कार्यमा ४५ लाख अमेरिकी डलरभन्दा बढी अमेरिकी सहयोग प्रदान गरिएको पनि दूतावासले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो ।
फोटो : अमेरिकी दूतावास

टिप्पणीहरू