विश्वकपको प्रत्यक्ष प्रसारणमा अतिरिक्त रकम नलिन सर्वाेच्चको अल्पकालीन आदेश
कतारमा हुने विश्वकप फुटबल हेर्न नेपालमा अतिरिक्त पाँच सय रुपैयाँ तिर्नुपर्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।
विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न नेपाली प्रतिग्राहकबाट अतिरिक्त पाँच सय रूपैयाँ असुल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै राउतको इजलासले आगामी आइतबार छलफलका लागि दुबै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
टिप्पणीहरू