नेपाल घुमेर फर्किए रुसी उपविदेशमन्त्री

नेपाल घुमेर फर्किए रुसी उपविदेशमन्त्री

नेपालको अनौपचारिक भ्रमणमा आएका रुसी उपविदेशमन्त्री स्वदेश फर्केका छन् । उनी पत्नीसहित हिजो नयाँ दिल्ली हुँदै मस्को गएका हुन् ।

उपविदेशमन्त्री एलेक्जेण्डर ए पान्किन र श्रीमती इन्ना भी पान्किन एअर इण्डिगोको उडान नम्बर इ ६०४६ बाट नयाँ दिल्ली पुगेको रुसी दूतावास स्रोतले बताएको छ ।

हिजै सोही उडानबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. रगेश सम्भजिर्गो पनि नयाँ दिल्ली गएको बुझिएको छ ।

टिप्पणीहरू