भूकम्पबाट गम्भीर घाइतेलाई हेलिकप्टरमा धनगढी पुर्याइयो

भूकम्पबाट गम्भीर घाइतेलाई हेलिकप्टरमा धनगढी पुर्याइयो

गए रातिको भूकम्पमा गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट थप उपचारार्थ धनगढी लगिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ स्थित गैरागाउँका उनीहरुलाई आज नेपाली सेनाको हेलिकप्टरमा सेती प्रादेशिक अस्पताल धनगढी लगिएको हो ।

गए राति २ः१२ बजे खप्तड केन्द्र बिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही क्रममा गैरागाउँका छ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनालाई हेलिकप्टरबाट प्रादेशिक अस्पतालमा लगिएको नेपाली सेनाले बताएको छ । अन्य पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।सेनाको उद्धार टोलीले जिल्ला रेडक्रस सोसाइटीसँग आवश्यक समन्वय गरी भूकम्प पीडितहरुलाई आवश्यक खाद्यान्न,त्रिपाल, कम्बल,लत्ता कपडा, भाँडावर्तनलगायत राहत सामग्री वितरण गरेको जनाएको छ ।

टिप्पणीहरू