‘तोसिमालाई घण्टी बजाउन रोकिएको छैन’

‘तोसिमालाई घण्टी बजाउन रोकिएको छैन’

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ की उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी चिन्ह लिएर हिँड्न रोक नलगाइएको निर्वाचन आयोगले बताएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रहेकी डा. कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्देशन नदिएको भन्दै भनेको छ, ‘उनलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रष्ट पारिन्छ ।’

डा.तोसिमालाई चुनाव चिन्ह घण्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको भन्ने समाचारको आयोगले खण्डन गरेको छ ।

टिप्पणीहरू