फुङलिङमा नमूना मतदान, मतदाताको परिचय गोप्य

फुङलिङमा नमूना मतदान, मतदाताको परिचय गोप्य

-कमल भट्टराई

ताप्लेजुङको फुङलिङमा नमूना मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले हिजो फुङलिङ बजारमा नमूना मतदान कार्यक्रम आयोजना गरेको हो ।

मतदाताहरुलाई मतदानको प्रक्रिया सिकाउने, मत बदरको संख्या कम गराउने उद्देश्यले नमूना मतदान गराइएको बताइएको छ । मतदाताले मतदान गर्न जाँदा मतपेटिका तथा अन्य गतिविधिबारे सहज ढंगले पूर्वजानकारी लिनसक्ने भन्दै नमूना मतदानको कार्यक्रम सञ्चालन गरिएको हो ।

मतदान प्रक्रियामा सहजता हुने, संलग्न कर्मचारीलाई पनि प्रक्रियाबारे अवगत हुने भएकाले निर्वाचन आयोगले यस्तो कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गरेको हो ।

हिजोको नमूना मतदानमा को को सहभागी भए ? कुन उमेर समूहका भए ? कुन वर्ग र शैक्षिक हैसियतका मतदाता सामेल थिए भन्नेबारे जानकारी दिइएको छैन ।

टिप्पणीहरू