चुनाव सम्पन्न गराउन रामेछापमा १८ सय कर्मचारी तोकियो
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको निम्ति रामेछापमा १८ सय १७ जना कर्मचारीलाई खटाइने भएको छ । जिल्लाका ९६ मतदानस्थल र २२६ मतदान केन्द्रमा ती कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय, रामेछापले जनाएको छ ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी १८ सय १७ जना कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय, मन्थलीले जानकारी दिएको छ । छनोट भएका कर्मचारीलाई यही कात्तिक २५ र २६ गते अभिमूखीकरण तालिम दिएपछि सम्बन्धित मतदान केन्द्रमा खटाइनेछ ।
मतदान केन्द्रमा खटाइएका कर्मचारीहरु
टिप्पणीहरू