गाउँ गाउँमा बिदा, लखन गाउँपालिकाको पालो आइतबार

गाउँ गाउँमा बिदा, लखन गाउँपालिकाको पालो आइतबार

गोरखाको शहीद लखन गाउँपालिकामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । प्रसिद्व धार्मिक तथा पर्यटकीयस्थल मनकामना मन्दिरमा आइतबार गुठी पञ्चमीका अवसरमा पूजा तथा मेला लाग्ने भएकाले सो दिन गाउँपालिकाले बिदा दिने निर्णय गरेको बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले विज्ञप्तिमार्फत् त्यस दिन गाउँपालिका अन्तर्गतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका छन् ।

गुठी पञ्चमी त्यहाँका स्थानीयको विशेष चाडमध्ये एक हो ।

टिप्पणीहरू