मतदान केन्द्रमा नजाने कर्मचारीलाई कारबाहीको चेतावनी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई कारबाहीको चेतावनी दिइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २, बागलुङले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएको मतदान केन्द्रमा जान निर्देशन दिएको हो ।
मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले आफू खटिएको मतदान केन्द्रमा जान तयार हुन कर्मचारीलाई निर्देशन दिएका हुन् ।
‘निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरु अनिवार्य रुपमा आफू खटिएको मतदान केन्द्रमा जान तत्पर हुनका लागि अनुरोध छ’, सूचनामा भनिएको छ ।
विभिन्न बहानामा मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू