आगलागीमा परेका बालकको अस्पताल नपुग्दै निधन

आगलागीमा परेका बालकको अस्पताल नपुग्दै निधन

भोजपुरमा आगलागीमा परेर गम्भीर घाइते बालकको उपचार गर्न लैजाँदा बाटोमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हतुवागढी गाउँपालिका ५ का सन्तकुमार राईको ५ वर्षीय छोरा आयुष राई हुन् । घरमा भएको आगलागीमा परेर आयुष गम्भीर घाइते भएँका थिए ।

आज बिहान उनलाई उपचारको निम्ति धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

आगलागीमा परेर सन्तकुमारकी पत्नी ३० वर्षीया आशा राई पनि घाइते भएकी छन् । उनको धरानम उपचार भइरहेको छ ।

हिजो साँझ साढे ६ बजेतिर ग्यास चुहिएर आगो लागेको अनुमान गरिएको छ । आगलागीपछि घर जलेर ध्वस्त भएको छ । क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू