‘वर्ल्डकप’ सफल पार्न नेपाली दूतावासको आग्रह

‘वर्ल्डकप’ सफल पार्न नेपाली दूतावासको आग्रह

कतारस्थित नेपाली दूतावासले त्यहाँ क्रियाशील नेपाली समुदाय तथा संघ संस्थाहरुलाई फिफा विश्वकप–२०२२ सफल बनाउन आग्रह गरेको छ । विश्वकप फुटबल प्रतियोगितालाई सफल बनाउन दूतावासले कतारमा रहेका नेपाली कामदार तथा नेपाली समुदायसँग अपिल गरेको हो ।

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउन नेपाली समुदायलाई जिम्मेवारीपूर्ण सहयोग गर्न आग्रह गरेका छन् ।

दूतावासले जारी गरेको विज्ञप्तिमा सम्भव भएसम्म प्रतियोगिता अवधिभर आफ्ना कार्यक्रम स्थगित गरी नेपाल र कतारबीचको सम्बन्धलाई उच्चस्तरमा पुर्याउन सबैले निरन्तर रुपमा सकारात्मक भूमिका र जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख छ ।

विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारको दोहामा हुँदैछ । सोही कारण यतिखेर विश्वको ध्यान कतारको दोहामा केन्द्रित भएको छ ।

टिप्पणीहरू