पिताको जन्मजयन्तीमा पुत्रको दाबी : सत्ता गठबन्धनबाट मात्र मुलुकको विकास

पिताको जन्मजयन्तीमा पुत्रको दाबी : सत्ता गठबन्धनबाट मात्र मुलुकको विकास

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न निर्वाचनमा बहुमत ल्याउने र त्यसपछि मुलुकको विकास गर्ने दाबी गरेका छन् । आज काँग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् ।

मुलुकको भविष्य उज्वल बनाउन मतदाताले आगामी निर्वाचनमा योग्य व्यक्ति चयन गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरुले नै संविधानको रक्षा गर्ने उल्लेख गर्दै नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर आफ्नो मताधिकार सदुपयोग गर्न आग्रह गरेका छन् ।

‘काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धन चुनावी मैदानमा हामी छौँ । भोलिका दिनमा नतिजा देखिनेछ,’ उनले भने, ‘सबैले भविष्यको निम्ति असल उम्मेदवार चुन्नुपर्छ । त्यसैले मताधिकारको सदुपयोग गरौँ ।’

सिंह काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवारसमेत हुन् ।

टिप्पणीहरू