प्रमुख निर्वाचन आयुक्त भेट्न युरोपियन युनियन राजदूत बहादुर भवनमा

प्रमुख निर्वाचन आयुक्त भेट्न युरोपियन युनियन राजदूत बहादुर भवनमा

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज भेटवार्ता भएको छ । कान्तिपथस्थित बहादुर भवन पुगेर नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजले प्रमुख निर्वाचन आयुक्त थपलियासँग शिष्टाचार भेट गरेको बताइएको छ ।

उहाँहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको निर्वाचन आयोगले जनाएको छ । साथै, राजदूत र प्रमुख निर्वाचन आयुक्तबीच द्विपक्षीय सरोकारलगायत विविध विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

टिप्पणीहरू