मालपोतका कार्यालय सहयोगी पनि भ्रष्टाचारमा तानिए

मालपोतका कार्यालय सहयोगी पनि भ्रष्टाचारमा तानिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौं तह) का होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सेवाग्राहीसँग मोहीलगत कट्टा गर्ने क्रममा घुस लिँदै गर्दा नियन्त्रणमा लिएको बताएको छ । उनले पाँच हजार रुपैयाँ लिएको बताए पनि तत्काल शरीर खानतलासी गर्दा उनको साथबाट तीन लाख १८ हजार छ सय रुपैयाँ फेला परेको थियो ।

उनीसँग भएको रकममध्ये दुई लाख ६१ हजार रुपैयाँ स्रोत नखुलेको भेटिएपछि सोहीबमोजिमको बिगो दाबी गर्दै खतिवडाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

टिप्पणीहरू