प्रचारप्रसारमा रोक लगाइएको मोरङ ६ का स्वतन्त्र उम्मेदवारको आरोप
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सरोज नेपालले आफूलाई प्रचारप्रसारमा रोक लगाइएको आरोप लगाएका छन् ।
चुनावी घरदैलो अभियानका क्रममा विराटनगरमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले चर्को विरोध गरेका छन् ।
अटोरिक्सामा आफ्नो एजेण्डा सुनाउँदै जाने क्रममा प्रहरीले निर्वाचन आचारसंहिताको अपव्याख्या गरेर १ घण्टासम्म अन्यत्र जान नदिएको उनले बताए । प्रहरीले रोकिरहेको अवस्थामा प्रशासनको ज्यादतीको विरोध गर्दै आफूले बोलेको तस्बिर र भिडियो उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
उक्त क्षेत्रमा एमालेबाट लालबाबु पण्डित र काँग्रेसबाट डा. शेखर कोइरालासमेत चुनावी मैदानमा छन् । सामाजिक सञ्जालमा गरिएको एक मत सर्भेक्षणमा आफ्नो पक्षमा अधिक मत देखिएपछि प्रशासनले घरदैलो कार्यक्रम गर्न आफूलाई रोक लगाएको नेपालले आरोप लगाएका हुन् ।
क्षितिज सर्गम
टिप्पणीहरू