इटहरीकी महिलाले तिम्ल्याहा बच्चा जन्माइन्
इटहरी उपमहानगरपालिका २० तरहराकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा बच्चा जन्माएकी छन् । उनले विराटनगरस्थित विराट नर्सिङ होममा तिम्ल्याहा छोरी जन्माएकी हुन् ।
कात्तिक १० गते ती बालिकाको जन्म भए पनि अस्पताल प्रशासनले हिजो मात्रै जानकारी दिएको हो ।
कृत्रिम गर्भाधारण अर्थात आईभिएफ विधिबाट चौहानले एकैपटक तीन छोरी जन्माएकी हुन् । आमा र तीनवटै छोरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
आफ्नो नेतृत्वमा १६ जना स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचारपछि उनीहरुको अवस्था अहिले सामान्य रहेको हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीले बताए ।
टिप्पणीहरू