गठबन्धनका नेताहरु भोलि चितवनमा जम्मा हुने, एमाले अध्यक्ष सोमबार जाने
लोकतान्त्रिक–वाम गठबन्धनले भोलि चितवनमा चुनावी आमसभा गर्ने भएको छ । भोलि दिउँसो साढे १२ बजे आयोजना गर्न लागिएको सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
चुनावी सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नुहुने काँग्रेसका जिल्ला सहसचिव गोपाल दराईले जानकारी दिए ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई भने सहभागी नहुने बताइएको छ । ‘उहाँहरु तीन शीर्ष नेता आउने निश्चित भएको छ । ‘अहिलेबाटै यहाँ प्रचार प्रसारको काम भइरहेको छ,’ उनले भने, ‘डा.भट्टराईबारे फिक्स भएको छैन । उहाँको नाम लिस्टमा पनि छैन ।’
नेकपा एमालेले पनि चितवनमा चुनावी सभा गर्ने जनाएको छ । आगामी सोमबार हुने उक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्ने बताइन्छ ।
टिप्पणीहरू