मागिएको सूचना उपलब्ध गराउन आयोग तयार छ : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसँग सम्बन्धित समाचार संकलन र सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रममा बोल्दै उहाँले मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गर्नुभएको छ ।
समावेशी, लैङ्गिक तथा अपांगतामैत्री मतदान केन्द्र एवम् सुरक्षा प्रबन्धका विषयमा सूक्ष्म रुपमा रिपोर्टिङ गर्नुपर्ने उहाँको भनाइ छ । प्रमुख निर्वाचन आयुक्तले भन्नुभयो, ‘चाहेको सूचना उपलब्ध गराउन आयोग तयार छ ।’
टिप्पणीहरू