धरानमा राप्रपा र जसपाको कुरो गरेर एमाले अध्यक्ष काठमाडौं फिर्ता
एमाले अध्यक्ष केपी शर्मा ओली आज विराटनगरबाट काठमाडौं आउनुभएको छ । उहाँ यति एअरलाइन्सको उडान नम्बर एनवाईटी ७९२ बाट दिउँसो साढे २ बजे काठमाडौं विमानस्थलमा ओर्लनुभएको विमान कम्पनी स्रोतले बताएको छ ।
उहाँले आजै धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा अध्यक्ष ओलीले राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने दाबी गर्नुभएको थियो । उहाँले एमालेसँग चुनावी तालमेल गरेका कारण ती पार्टीहरुले राष्ट्रिय हैसियत राख्न लागेको धारणा राख्नुभएको हो ।
टिप्पणीहरू