सिंहदरबारभित्र चुनाव बिथोल्न खोज्नेलाई ठीक पार्ने तरिका सिकाइयो
सिंहदरबारभित्र आगामी चुनाव बिथोल्न खोज्नेलाई तह लगाउने उपाय र तरिकाको प्रदर्शन गरिएको छ । आज दिउँसो सिंहदरबारभित्र रहेको चण्डिदल गणमा मतदानस्थलमा हुलदंगा गर्ने र चुनाव बिथोल्न खोज्नेलाई नियन्त्रणमा लिएर मतदान कार्यलाई निरन्तरता दिने कलाकौशल देखाइएको बताइएको छ ।
चण्डिदल गणको आयोजनामा भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका साथै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं प्रहरी प्रमुख भरत बोहरा, गणका गणपति बरुण केसी (खत्री )को उपस्थिति थियो ।
सशस्त्र प्रहरी बल नेपालको नम्बर १८ गण हेडक्वार्टर काठमाडौका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल, सोही गणको उद्दार विपद् काठमाडौका सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका झण्डै ७० जना सुरक्षाकर्मीले संयुक्त अभ्यास गरेका हुन् ।
टिप्पणीहरू