कात्तिकभित्र परिचयपत्र नवीकरण नगर्नेको सामाजिक सुरक्षाभत्ता खोसिने

कात्तिकभित्र परिचयपत्र नवीकरण नगर्नेको सामाजिक सुरक्षाभत्ता खोसिने

सूर्यविनायक नगरपालिकाले सामाजिक सुरक्षाभत्ताका लाभग्राहीलाई परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ । नगरपालिकाले सम्बन्धित सबैलाई कात्तिक मसान्तभित्र परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको हो ।

तोकिएको समयभित्र परिचयपत्र नवीकरण नगरेमा उक्त लाभग्राहीको नाम प्रणालीबाट हट्ने आज प्रकाशित सूचनामा उल्लेख छ । सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न योग्य नयाँ लाभग्राहीले निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता पाउने भएकाले नामावलीमा सूचीकृत हुन तत्काल सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न भनिएको हो ।

तोकिएको मितिमा परिचयपत्र नवीकरण नगरे पुनः नयाँ लाभग्राहीका रुपमा नाम दर्ता गर्नुपर्ने र सो समयावधिको सामाजिक सुरक्षाभत्ता प्राप्त नहुने नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू