पम्फा भुसालको चुनावी भेलामा काँग्रेसका हस्ती ‘अनुपस्थित’

पम्फा भुसालको चुनावी भेलामा काँग्रेसका हस्ती ‘अनुपस्थित’

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित गठबन्धन दलको चुनावी आमसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सो क्षेत्रबाट उम्मेदवारका आकांक्षी अनुपस्थित भएका छन् । गठबन्धनको तर्फबाट माओवादी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसालको कार्यक्रममा काँग्रेसका आकांक्षी जीतजंग बस्नेत अनुपस्थित भएपछि राजनीतिक चासो बढेको बताइन्छ ।

ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाईट पार्टी भेन्यूमा आज युवा परिचालन समितिले चुनावी कार्यक्रमको आयोजना गरेको हो । ऊर्जा तथा जलस्रोत मन्त्री एवम् नेकपा माओवादी केन्द्रका तर्फबाट सो क्षेत्रका प्रतिनिधि सभा सदस्य उमेदवार पम्फा भुसालको कार्यक्रममा बस्नेतको अनुुपस्थितिलाई अर्थपूर्ण ठानिएको छ ।ललितपुरबाट उठेका गठबन्धनका सबै उम्मेदवार, नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा काँग्रेसका अर्का नेता मदनबहादुर अमात्य यसअघिका कार्यक्रममा अनुपस्थित भएको बताइन्छ । तर आज सोही भेलामा बोल्दै अमात्यले आफूलाई पार्टीले निर्वाचनमा चितवनमा खटाएका कारण ललितपुरका यसअघिका कार्यक्रममा उपस्थित हुन नसकेको वास्तविकता खोलेका छन् ।

टिप्पणीहरू