एमाले अध्यक्ष तीन घण्टाको फरकमा सुदूरपश्चिमको तीन ठाउँ पुग्ने, सत्तागठबन्धनका नेता चितवनमा

एमाले अध्यक्ष तीन घण्टाको फरकमा सुदूरपश्चिमको तीन ठाउँ पुग्ने, सत्तागठबन्धनका नेता चितवनमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको तीन ठाउँमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कात्तिक १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गुर्नुभएको अध्यक्ष ओली आज फेरि सुदूरपश्चिम जान लाग्नुभएको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार उहाँले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ५ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ ।

यसअघि उहाँले दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गर्नुभएको थियो ।

आजै सत्ता गठबन्धनका शीर्ष नेताहरुले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने आयोजक पक्षले बताएको छ ।

टिप्पणीहरू