मंगलबार विश्वको जनसंख्या ८ अर्ब पुग्ने, आगामी वर्ष भारतले चीनलाई उछिन्ने

मंगलबार विश्वको जनसंख्या ८ अर्ब पुग्ने, आगामी वर्ष भारतले चीनलाई उछिन्ने

संयुक्त राष्ट्र संघले नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ । जनसंख्या वृद्धिसँगै आगामी वर्ष भारतले चीनलाई जनसंख्यामा विस्थापित गर्ने बताइएको छ ।

सन् १९५० पछि पहिलो पटक सन् २०२० मा विश्वव्यापी जनसंख्या वृद्धि एक प्रतिशतभन्दा तल झरेको राष्ट्र संघीय प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सन् २०५० सम्ममा अनुमानित जनसंख्या वृद्धिको आधाभन्दा बढी कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा केन्द्रित हुने अनुमान गरेको छ ।

विश्वको जनसंख्या सन् २०३० मा करिब साढे आठ अर्ब, २०५० मा नौ अर्ब ७० करोड र त्यसपछि २०८० को दशकमा १० अर्ब ४० करोड पुग्नेछ । त्यसपछि सन् २१०० सम्म सोही अनुपातमा रहने अनुमान गरिएको छ ।

टिप्पणीहरू