विमानस्थलमा बोल्नुभएका माओवादी अध्यक्षले स्थलमार्ग प्रयोग गर्नुभयो

विमानस्थलमा बोल्नुभएका माओवादी अध्यक्षले स्थलमार्ग प्रयोग गर्नुभयो

चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर पुग्नुभएको छ । उहाँ स्थलमार्ग हुँदै गोरखाबाट चितवन जानुभएको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धन दलका अन्य नेताहरु सेनाको हेलिकप्टरमा भर्खरै चितवन पुग्नुभएको छ ।

यसअघि दाहालले आज बिहान गोरखाको पालुङटार विमानस्थल बाहिर आयोजित कोणसभालाई सम्बोधन गर्नुभएको थियो । विस्तृत शान्ति सम्झौताको जगमा संविधान बनेको बताउँदै उहाँले त्यतिबेला विस्तृत शान्ति सम्झौता नभएको भए मुलुकले अझै धेरै क्षति व्यहोनुपर्ने थियो भन्नुभयो ।

कार्यक्रममा नेपालीका काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, गोरखा निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार फणिन्द्र देवकोटा, गण्डकी प्रदेशका निवर्तमान मन्त्री हरिशरण आचार्य, नेपाली काँग्रेसका क्षेत्रीय सभापति नारायण गुरुङ लगायतले बोलेको बताइन्छ ।

टिप्पणीहरू