स्वयम्भूको जंगलमा बालिका बलात्कृत

स्वयम्भूको जंगलमा बालिका बलात्कृत

काठमाडौंको स्वयम्भू जंगलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी हुन् ।

उनलाई हिजो राति प्रहरीले पक्राउ गरेको जनाएको छ । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू नजिकैको जंगलमा लगेर बलात्कार गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू