सल्लाघारीको मोडमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

सल्लाघारीको मोडमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

भक्तपुरमा कार र मोटरसाइकल एक आपसमा सल्लाघारीको मोडमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

भक्तपुरमा कार र मोटरसाइकल एक आपसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ ।

आज बेलुकी सल्लाघारीमा बा.०२८ प ७३९१ नम्बरको मोटरसाइकल र बा. ६ च ८१५ नम्बरको कार एकापसमा ठोक्किँदा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका सन्दिप बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

कार सल्लाघारीबाट कोटेश्वरतर्फ जाँदै थियो भने मोटरसाइकल भक्तपुरबाट फर्कंदै थियो । दुर्घटनामा घाइते भएका बस्नेतको इवामुरा अस्पतालमा मृत्यु भएको हो ।

चालक २४ वर्षका आयुष कायस्थलाइ कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू