सुकुम्बासी समस्या समाधान गर्छु : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्बासी समस्या समाधान गर्ने वचन दिनुभएको छ ।
समस्या समाधानका लागि भूमिआयोग बनेको उल्लेख गर्दै सिंहले आयोगले काम थालिसकेको तर निर्वाचनका कारण हाललाई रोकिएको बताउनुभयो । थापाथली नजिकैको सुकुम्बासी बस्तीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समस्या समाधान गर्दा सबैको चित्त बुझाएर गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्थानीय मतदाताले सिंहलाई सरकारी कार्यालयमा कामकाज ढिलो र झण्झटिलो हुने गरेकाले सरल बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
टिप्पणीहरू