गगनको घरदैलो कार्यक्रमम सेल्फी खिच्नेको ताँती
काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचित भएर ह्याट्रिक गर्ने रणनीतिमा रहेका नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा दिनहुँ घरदैलोमा व्यस्त देखिन्छन् ।
२०७० र २०७४ मा झैँ यसपटक पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने उद्देश्यका साथ उनी चुनावी प्रचारप्रसारमा सक्रिय भएको बताइन्छ ।
एमालेका राजन भट्टराईसहितका उम्मदेवारसँग प्रतिस्पर्धा गर्ने थापाले आज बिहान कपन, सुकेधारा क्षेत्रमा घरदैलो कार्यक्रम गरेका हुन् । घरदैलो कार्यक्रममा उनीेसँग सेल्फी लिनेको भीड लागेको थियो ।

टिप्पणीहरू