अपाङ्गता भएकालाई महानगरपालिकाले उपयोगी सामान बाँड्ने
काठमाडौं महानगरपालिकाले सबै किसिमका अपाङ्गता भएका स्थानीयलाई सहायक सामाग्री वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९–८० को बजेट नीति तथा कार्यक्रमअनुसार महानगरपालिकाले उनीहरुलाई आवश्यक पर्ने सहायक सामग्री वितरण गर्न लागेको बताइएको छ ।
महानगरपालिकाले त्यस्ता व्यक्तिलाई ३० दिनभित्र निवेदन दिन सूचित गरेको छ ।
महानगरपालिकाको सामाजिक विकास विभागमा गएर निवेदन दिन सकिनेछ । उक्त कार्यालय जिल्ला समन्वय समितिको भवन, बबरमहलको भुइँ तल्लामा छ ।
निवेदन सामाजिक विकास विभाग वा महानगरपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिने बताइएको छ ।
टिप्पणीहरू