गुणस्तरहीन भिटामिन सी बजारमा, तत्काल फिर्ता गर्न निर्देशन

गुणस्तरहीन भिटामिन सी बजारमा, तत्काल फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले गुणस्तरहीन भिटामिन सी औषधिलाई बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले क्युरेक्स फार्मास्युटिकल्स कम्पनी काभ्रेपलाञ्चोकले उत्पादन गरेको भिटामिन सी औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो । 

उक्त कम्पनीले उत्पादन गरेका औषधिको राष्ट्रिय औषधि प्रयोगशालाले नमूना संकलनपछि गरेको परीक्षणमा गुणस्तरहीन फेला परेको विभागले जनाएको छ । 

विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधिको बिक्री वितरण रोक्का गरि बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित कम्पनी तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ ।  साथै, उक्त औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ । 

‘क्युरेक्स फर्मास्युटिकल्स कम्पनीका सम्बन्धित औषधिहरु औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू