२० क्विण्टल भारतीय माछा चितवनमा नष्ट
अवैध रुपमा भारतबाट ल्याइएको २० क्विण्टल माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासी पश्चिमको प्रतापुर गाँउपालिका–२ का विवेककुमार तेलीले ल्याएको उक्त माछा नष्ट गरिएको बताइएको छ ।
अस्ति प्रतापपुरबाट लु.३ च ३६३६ नम्बरको पिकअपमा काठमाडौँ लैजान ठिक्क पारिएको ५० कार्टुन पंगास माछा सशस्त्र प्रहरी बल १७ नम्बर गण हेडक्वार्टर आँपटारी र चितवनका मत्स्य व्यवसायी संघको टोलीले नियन्त्रणमा लिएको थियो ।
सडेको अवस्थामा भएकाले खान योग्य नदेखिएपछि माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को नियम २ (ख) अनुसार चितवन जिल्ला प्रशासनलगायतका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
टिप्पणीहरू