भरे मध्यरात सीमानाका बन्द, भोलि रातिदेखि प्रचारप्रसार
आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको निम्ति मौन अवधि अगावै छिमेकी चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भरे मध्यरातदेखि आगामी आइतबार मध्यरात १२ बजेसम्म सीमाना बन्द हुने जनाइएको छ ।
त्यसैगरी राजनीतिक दल र निर्वाचनका उम्मेदवारहरुले भोलिदेखि प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि कसैले पनि मत माग्न वा प्रचार प्रसार गर्न नपाइने व्यवस्था छ ।
सोही समयदेखि मदिरा र मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।
टिप्पणीहरू