दुई तला माथिबाट खसेका राजु अस्पतालमा बिते

दुई तला माथिबाट खसेका राजु अस्पतालमा बिते

रङ लगाउने क्रममा घरको दुई तला माथिबाट खसेर एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१२, अन्नपूर्णटोलस्थित रामबहादुर गुरूङको घरमा रङ लगाउने क्रममा लडेर उनको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही महानरगपालिका–१०, नागिन टोल बस्ने ३८ वर्षीय राजु खवास हुन् । घरमा रङ लगाउने क्रममा उनी खसेर गम्भीर घाइते भएका थिए ।  घाइते उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू