एन्टीजेन परीक्षणमा एक जना कोरोना संक्रमित

एन्टीजेन परीक्षणमा एक जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकभर नौ जना कोरोना संक्रमित थपिएका छन् । १६ सय २० जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ सय ९१ जनामा गरिएको पीसीआर परीक्षणमा आठ जना र छ सय २९ जनामा गरिएको एन्टीजेन परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा २४ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या चार सय ७५ पुगेको छ ।

टिप्पणीहरू