समाचार संकलनमा व्यवधान नपुर्याइयोस् : पत्रकार महासंघ

समाचार संकलनमा व्यवधान नपुर्याइयोस् : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले पर्सि निर्वाचनका दिन सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहज ढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेको छ ।  महासंघले सञ्चारकर्मीहरुलाई उक्त कार्यको लागि सहज वातावरण बनाइदिन निर्वाचन आयोग र सरकारसँग माग गरेको हो । 

यस्तै, मतगणनाको क्रममा पनि सहज तवरले समाचार संकलन गर्न पाउनुपर्ने भनाइ छ । ‘मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ । 

निर्वाचनका दिन समाचार संकलनमा पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिन महासंघले आग्रह गरेको छ । साथै, महासंघले निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग जोडदार माग गरेको छ ।

टिप्पणीहरू