मतदान केन्द्रमा खटिएकी महिला कर्मचारीको निधन

मतदान केन्द्रमा खटिएकी महिला कर्मचारीको निधन

धनकुटाको एउटा मतदान केन्द्रमा खटिएकी एक महिला कर्मचारीको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याक्खा लिम्बुको निधन भएको बताइएको छ । 

मतदान अधिकृत प्रज्ज्वल पोखरेलका अनुसार लिम्बु सीतादेवी मावि खरखोलेकी शिक्षिका हुन् । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएपछि उपचारका लागि धरानतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको हो ।

उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन् । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको र पछि निधन भएको बताइएको छ ।

टिप्पणीहरू